Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुलाई नयाँ ढाँचामा रिपाेर्टिङ बुझाउन राष्ट्र बैंकको आह्वान

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, १० : १७ मा प्रकाशित

बैंकहरुलाई नयाँ ढाँचामा रिपाेर्टिङ बुझाउन राष्ट्र बैंकको आह्वान

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सरकारी कारोबारको वैशाख मसान्तसम्मको नियमित रिपोर्टिङ पुरानै ढाँचामा र सो पश्चातको प्रतिवेदन भने नयाँ ढाँचामा बुझाउन निर्देशन दिएको छ । 

हिजाे एक सूचना जारी गर्दै बैंकले सरकारी कारोबार गर्ने इजाजत प्राप्त क वर्गका वाणिज्य बैंकहरुलाई परिपत्र गरी उक्त निर्देशन दिएको हो ।

त्यस्तै, यसअघि  बैंकले वाणिज्य बैंकहरुलाई बैशाख २ गते १० कार्यदिनभित्र सरकारी कारोबार निर्देशिका २०७६ बमोजिम सरकारी कारोबारको लागि खाता खोेल्न तथा सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको थियो । हाल इमेल मार्फत कारोबारको नियमित प्रतिवेदन पेश गर्दा छुट्टै इमेल आइडी बनाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको