Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना परीक्षण कीटकाे अभाव : जर्मनीबाट ल्याइँदै

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, १० : ४२ मा प्रकाशित

काेराेना परीक्षण कीटकाे अभाव : जर्मनीबाट ल्याइँदै

अर्थ संसार, काठमाडौं - सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ ।

पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपाली सेनामार्फत जर्मनीबाट ती कीट ल्याउन थालिएको हो ।

मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएको थियो । अहिले ती सबै आरडिटी कीट सबै प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयसँग कीट छैन । “पहिले आएका सबै कीट हामीले परीक्षणका लागि सबै ठाउँमा पठाएका छौँ”, उनले भने, “परीक्षणको कमी हुन नदिनका लागि चाँडै नै खरिद प्रक्रियाबाट कीट ल्याउँदैछौँ ।”

पिसिआरबाट भने क्षमता अनुसार परीक्षण गरिएको छ । पिसिआर पनि थोरै भएकाले अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्ने भनेर राखिएको उनले जानकारी दिए । सरकारले क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताएका छन् ।

अहिलेसम्म क्वारेन्टाइनमा २१ हजार ९५८ रहेका छन् । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको