Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा काेराेनाले दिनकै नयाँ रूप लिँदै

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, १५ : १९ मा प्रकाशित

भारतमा काेराेनाले दिनकै नयाँ रूप लिँदै

अर्थ संसार, काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ ।

सोमबारको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको छ भने हालसम्म १ हजार ३७३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

यसैगरी, गएको २४ घन्टामा भारतमा २ हजार ५०० भन्दा बढी संक्रमित थपिएका छन् भने ७२ जना संक्रमितको ज्यान गएको छ । संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको छ । हाल संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ ।

त्यस्तै, कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । त्यहाँमात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् । गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् ।

यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ । भारत सरकारले मे १७ सम्मका लागि लकडाउनको घोषणा गरेको छ । – (रासस/एएनआई) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको