Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा एकैदिन ३ हजार ९ सय नयाँ संक्रमित फेला

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १३ : १६ मा प्रकाशित

भारतमा एकैदिन ३ हजार ९ सय नयाँ संक्रमित फेला

अर्थ संसार काठमाडाैं - भारतमा काेराेना भाइरसकाे संक्रमण झन्-झन् बढ्दै गइरहेकाे छ । भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको मृत्यु भएको छ ।

भारतमा यो सहित मृत्यु हुनेको संख्या एक हजार ५६८ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३३ पुगेको छ । हालसम्म १२ हजार ७२७ जना निको भएर घर फर्किएका मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै, अहिले पनि ३२ हजार १३८ जना उपचारका क्रममा रहेका छन् । भारतीय राज्य महाराष्ट्रमा १४ हजार ५४१ जना तथा गुजरातमा ५ हजार ८०४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । -  (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको