Like us!
Follow us!
Connect us!
Watch us!

थप ६ जना संक्रमित भए पूर्ण निको ,आज घर फर्कदै

अर्थ संसार

मंगलबार, २३ बैशाख २०७७, २० : ४२ मा प्रकाशित

थप ६ जना संक्रमित भए पूर्ण निको ,आज  घर फर्कदै

अर्थ संसार, विराटनगर-कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्कने भएका छन् ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले  मन्त्रालयमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिनुभयो । उहाँले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताउनुभयो । उनीहरु सबै भारतीय नागरिकहरु हुन् ।

 उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिनु भयो । केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। सङ्गीता मिश्राले बताउनभयो ।  उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

 मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको  बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिनु भयो । कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको