Like us!
Follow us!
Connect us!
Watch us!

निको भएकोमा पुन: देखियो कोरोना पोजेटिभ

अर्थ संसार

बुधबार, २४ बैशाख २०७७, ०८ : १५ मा प्रकाशित

निको भएकोमा पुन: देखियो कोरोना पोजेटिभ

अर्थ संसार, काठमाडौं- काठमाडौं सनसिटीका ५८ वर्षीय पुरुषमा फेरी कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ निअघि निको भएर अस्पतालबाट घर फर्केका ती पुरुषमा फलोअपका क्रममा पुन परिक्ष्ण गर्दा पोजेटिभ देखिएको हो । उनको नमुनाको परिक्षण राष्ट्रिय' जन स्वास्थ्य प्रयोगशालामा गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

त्यसै गरी विरगन्जबाट निको भएर फर्किएका दुई जनामा पनि फेरी संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको पहिलो परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र पछिल्लो परिक्षण स्थानीय प्रयोगशालामा भएको थियो ।

निको भइसकेका तीन जनामा फलोअफ परिक्षणका क्रममा पोजेटिभ देखिनु आश्चर्यको विषय भएको प्रवक्ता देवकोटाले बताए । कि पहिल्यै शरिरमा भाइरस हुन सक्छ या परिक्षणमा त्रुटि, यो अनुसन्धानको विषय भएको 'उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको