Like us!
Follow us!
Connect us!
Watch us!

बहराइनमा २४५ नेपालीमा कोरोना सङ्क्रमण

अर्थ संसार

बुधबार, २४ बैशाख २०७७, १८ : ०४ मा प्रकाशित

बहराइनमा २४५ नेपालीमा कोरोना सङ्क्रमण

अर्थ संसार, काठमाडौँ -नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो ।    
    
 दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ ।    
    
 ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ ।    
    
 बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ । सङ्क्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको