Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : कोरोनाको आशंकामा ७२ हजार नमूना परीक्षण, कुन प्रदेशमा कति संक्रमित ?

निशा हुमाँगाई

शनिबार, २७ बैशाख २०७७, १६ : ३८ मा प्रकाशित

काेराेना अपडेट : कोरोनाको आशंकामा ७२ हजार नमूना परीक्षण, कुन प्रदेशमा कति संक्रमित ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा १ हजार ७ सय ४२ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ । 

यसैगरी, मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  हालसम्म नेपालमा कोरोनाको आशंकामा ७२ हजार २ सय ३९ जनाको नमूना परीक्षण भएको जानकारी दिएका छन् । 

जसमध्ये, १६ हजार ३ सय ९ जनाको पिसिआर विधिबाट र ५५ हजार ९ सय ३० जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

त्यस्तै, नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार  मात्र थप सात जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । जसमध्ये, ७८ जना पुरुष र ३१ जना महिला रहेका छन् । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका छन् भने बाँकी ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश १ मा ३४ जना, प्रदेश २ मा ३१ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा ३० जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका डा. देवकोटाले बताएका छन् । 

यस्तै, डा. देवकोटाले हालसम्म १४ हजार ५ सय ९२ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा २ जना र बाहिर १४१ जना गरी कुल १४३ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० हजार पिसिआरको किट मौज्दात रहेको जानकारी दिएकाे छ । परीक्षणको दायरा बढाउँदै लैजाने समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको