Like us!
Follow us!
Connect us!
Watch us!

दिनदिनै बढ्दै भारतमा काेराेना संक्रमण

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, १४ : १३ मा प्रकाशित

दिनदिनै बढ्दै भारतमा काेराेना संक्रमण

अर्थ संसार काठमाडाैं - भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ ।

सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ ।

शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । यो सँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ ।

हाल ३९ हजार ८३४ संक्रमितकाे उपचार भइरहेकाे छ भने १७ हजार ८४७ जना निकाे भएर घर फर्किएका अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका कारण भारतमा ९५ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताएका छन् । – (रासस-एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको