अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी १८ वर्षिय पुरुष रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् ।
त्यस्तै, यो सँगै नेपालमा कोराना संक्रमितको संख्या १२१ जना पुगेको छ । जसमध्ये ३३ जना निकाे भएर घर फर्किएका छन् भने ३ जनामा पुन कोरोना संक्रमण देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस