Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन पालना फितलो, विज्ञ भन्छन्-'उपत्यकामा संक्रमणको जोखिम झन् बढ्यो' {भिडियो}

मंगलबार, ३० बैशाख २०७७, ११ : ०१ मा प्रकाशित

अर्थसंसार, काठमाडाैं- काठमाडौँमा कोरोनाको नयाँ संक्रमण नदेखिए संगै केहि अर्थिक तथा औधोगिक गतिविधि बढाउने हेतुले सरकारले २६ वैशाख यता लक्डाउन केहि खुकुलो बनाएको छ।  

सरकारले सिमित क्षेत्रलाई सुचारु गरे पनि काठमाडौँको ट्राफिक ब्यवस्थापन भने फेरि पुरानै गतिमा फर्किसकेको जस्तो देख्न थालिसकेको छ। 

सार्वजानिक सवारीसाधन नचलेपनि निजी सवारीसाधन सडकमा निस्किदा जाम त देखिएको छ नै कोई सक्रमित निस्किए उपत्यका कै स्वास्थ्यमा समेत चुनौती थपिएको छ।  

सामजिक दुरी कायम गर्न अनुरोध गरेपनि सर्वसाधारणहरुले उक्त सावधानी अपनाएको जस्तो देखिदैन। 

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्छन,  "जोखिमयुक्त क्षेत्रबाट काठमाडौं उपत्याकामा आउने क्रम चलिरहेको छ। नाका अघिं गाडी छोडेर अनि त्यहाँबाट हिंडेर काठमाडौं आउने, भनसुन चल्ने, रातिमा ट्रक तथा टिपरमा आउने क्रम रोकिएको छैन।  लकडाउन खुकुलो गर्ने योजना पनि हचुवाको भरमा गरिएको छ। पहिलो चरणमा कति प्रतिशत खुलाउने ? कुन कुन सेवा खुलाउने ? जस्ता योजना छैनन्।  यस्तो अबैज्ञानिक र खतरनाक निर्णय गर्नुपूर्व बिज्ञहरुको सल्लाह लिने काम भएको छैन। यसो गर्दा उपत्यकामा जुनसुकै बेलामा संक्रमण फैलिने जोखिम बढेको छ। "

सरकारले बस्तु स्थितिको मुल्यांकन गर्नै पर्छ र सर्वासाधारणले पनि परिस्थिति बुझेर आवस्यकता अनुसार साबधानी अपनाएर मात्र निस्किनु जरुरी छ |
उपत्यककामा  कोरोना संक्रमण फैलिन नदिन हाम्रो सानो असावधानीले हामी, हाम्रो परिवार तथा समाज संक्रमित हुनसक्छ।

हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको