अर्थ संसार, काठमाडौं - विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसका कारण गत चैत ११ गतेदेखि बन्द भएकाे शेयर बजार आज (वैशाख ३० गते,मंगलबार) बाट खुलेकाे छ ।
बजार खुलेको ४० मिनेटमा अर्थात यस समाचार तयार पार्दासम्म शेयर कारोबार मापक नेप्से परिसूचक १६.३९ अंकले एक हजार २३५.०६ मा पुगेकाे छ । नेप्से १.३१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.३५ अंकले घटेर २६७.७० मा पुगेको छ ।
हालसम्म ३७ लाख ९४६ कित्ता शेयर खरिदविक्री हुँदा १ करोड १८ लाख ८२ हजार १२३ रुपैयाँको कारोबार भएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस