Like us!
Follow us!
Connect us!
Watch us!

निको भए अस्पतालभित्रै नाचेर बसेका रुपन्देहीका पहिलो संक्रमित

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, ०८ : ४६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक पनि उपचारपश्चात काेराेनालाई जितेर घर फर्किएका छन् । याे सँगै नेपालमा काेराेना संक्रमण बाट निकाे हुनेकाे संख्या ३४ पुगेकाे छ । 

तेस्रो रिपोर्ट पनि नेगेटिभ देखिएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको कोरोना विशेष अस्पतालका फिजिसियन डा. सुदर्शन थापाले जानकारी दिएका छन् । 

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका ती युवकमा कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो ।

त्यसैगरी, आइसोलेसन अस्पतालभित्रै स्पिकरमा गीत बजाएर नाचेको भिडियो सार्वजनिक भएपछि उनी चर्चित समेत भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको