Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्न महासंघको माग

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, ०९ : ३७ मा प्रकाशित

सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्न  महासंघको माग

अर्थ संसार, काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै जाँदा अग्रभागमा रहेर आम नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी बोकेका सञ्चारकर्मीहरु उच्च जोखिममा रहेका छन् ।

मंगलबार आम नगरिकसँगै सञ्चारकर्मीलाई पनि कोरोना संक्रमण भएको खबरले पत्रकार महासंघ बागमती प्रदेश समितिले चिन्तित र दुःखीत व्यक्त गरेकाे छ । उच्च जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति गम्भीर हुन महासंघले तीनै तहको सरकारको ध्यानाकर्षण गराएकाे छ ।

महासंघले यस्तो विषम् परिस्थितीमा जोखिममा रहेका सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराएकाे छ । साथै जोखिमको समयमा सकेसम्म घरबाटै काम गर्न र आफ्नो पेशागत धर्म निर्वाहका क्रममा आफै संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै सञ्चारककर्मीहरुमा महासंघले अपिल गरेकाे छ ।

कोरोना संक्रमणको उच्च जोखिमका बीच दैनिक नागरिकलाई सुसूचित गराउन सक्रिय सञ्चारकर्मीहरुको तवल कटौती गर्ने, बेतलवी विदा बस्न दबाव दिने तथा कामबाटै निष्काशन गर्ने काम केही सञ्चारगृहरुबाट भइरहेको गुनासोप्रति महासंघ गम्भिर भएकाे छ । थप सुविधा सहित कार्यक्षेत्रमा सञ्चारकर्मीलाई खटाउन र काम गर्ने उचित वातावरण निर्माण गर्न महासंघले माग गरेकाे छ ।

त्यसैगरी, बन्दाबन्दीको समयमा केही सञ्चारगृहको प्रेस पास समेत दुरुपयोग भएको भन्ने गुनासो बढेकाले आफ्ना सञ्चारकर्मीको लागि मात्र प्रेस पास उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहहरुलाई महासंघले आग्रह गरेकाे छ ।

5ebb6f40089c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको