Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप २४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २४३ पुग्यो

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, २० : ४३ मा प्रकाशित

नेपालमा थप २४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २४३ पुग्यो

अर्थ संसार, काठमाडौं – नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या २४३ पुगेको छ ।

मन्त्रालयका अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुष र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक महिला र नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् ।

बुधबार दिउसो पनि नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना संक्रमण देखिएको थियो । बुधबार मात्र नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको