Like us!
Follow us!
Connect us!
Watch us!

लाहप्रवाहीले नेपालमा कोरोनाको माहामारी फैलियो, अब त सतर्क हुने की ?

अर्थ संसार

बुधबार, ३१ बैशाख २०७७, २१ : २९ मा प्रकाशित

लाहप्रवाहीले नेपालमा कोरोनाको माहामारी फैलियो, अब त सतर्क हुने की ?

अर्थ संसार, काठमाडौं -अहिले विश्व कोरोना भाइरसले ग्रसित छ । माहामारीको रुपमा फैलिएको कोरोना दिनप्रतिदिन संक्रमितको संख्या बढ्नुको साथै ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।

विश्वमा कोरोनाबाट करिव ३ लाख मानिसको ज्यान गइसकेका छ भने  ४३ लाख भन्दा धेरै जना संक्रमित भएका छन् ।

संक्रमित मध्ये १६ लाख बढी पूर्ण निको भई घर फर्किसकका छन् । अझै सम्म कोरोनाको औषधी पत्ता लगाउन सकिएको छैन् ।

आ-आफ्नो देशले कोरोनाबाट कम क्षति गर्नको लागि विभिन्न उपाए अपनाइरहेका छन् । कुनै देशले पूर्ण लकडाउन गरेका छन भने कुनै देशले आंशिक लकडाउन गरेका छन् ।

छिमेकी देश चिन र भारतमा कोरोना भाइरसले माहामारीको रुप लिएपछि नेपालले कम क्षतिको लागि भन्दै लकडाउन घोषणा गरेको छ । 

सुरुवाती दिनमा नेपालमा लकडाउनको प्रभाव देखिएपछि हिजोआज लकडाउन शव्दमा सीमित देखिन्छ । सडकमा सवारी साधानले भरिएका हुन्छन् । चोक चोकमा ट्राफिक प्रहरीलाई सवारी साधान व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । गल्ली गल्लीमा बजारहरु सवै खोलिएका छन् ।

मानिसहरुको भिड त्यत्तिकै देखिन्छ । सामाजिक दूरी कत्तै देखिदैन । न मास्क लगाएका छन् ?  विश्वभर माहामारीको रुपमा फैलिएको कोरोनालाई हाम्रो लाहप्रवाहीले गर्दा अहिले नेपालमा दिनप्रतिदिने संक्रमितको संख्या बढ्दै गएको छ ।

बुधमार मात्रै  २६ जना संक्रमित देखिएका छन् । छिमेकी देश भारतको सीमा नाका खुल्ला हुनुको साथै नेपालका राजधानी छिर्ने नाका र जिल्ला आवातजावतमा सहज हुँदा कोरानाले देशभर माहामारीको रुप लिएको छ ।

नेपालमा अहिलेसम्म २४३ जना संक्रमित भएका छन् ।  संक्रमित मध्ये  ३५ जना कोरोनाबाट पूर्ण स्वास्थ्य लाभ लिई घर फर्केका छन् । अहिलेसम्म २१ हजार ३६४ वटा कोरोना परिक्षण भएका छन् । नेपालमा अझसम्म कोरोनाबाट मृत्यु भएको छैन् ।

अब सर्तक हुने की ?

नेपालमा केही दिनअघिदेखि कोरोना संक्रमित देखिने क्रम बढ्दो छ । राजधानी बाहिर माहामारीको फैलिएको कोरोना राजधानीको काठमाडौं, ललितपुर र भक्तपुरमा समेत संक्रमित देखिएसँगै जनमानसमा झन त्रास फैलिएको छ । अब हामीले लकडाउनको नियम पालना गर्न जरुरी देखिन्छ ।

कोरोना हाम्रो घर आँगनमा आइसेको  छ । घर भित्रै सुरक्षित तवरले नवसे भोलीका दिनमा राजधानीमा कोरोनाले माहामारी रुप लिने देखिन्छ । अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्कन परे एक जनामात्रै  निस्कने, भिडभाडमा नजाने, गए पनि सामाजिक दुरी कायम गर्ने, सकरात्मक सोचको विकास गर्ने लगायतको कार्यहरु गर्न जरुरी छ ।

कोरोनाको लक्षमण

ज्वरो (१००.४ डिग्री सि.भन्दा माथि) आउने, स्वासप्रस्वासमा आत्याधिक समस्या र रुघा र खोकी देखिएमा कोरोनाको लक्षणहरु हुन् ।

कोरोनाबाट बच्ने उपाए

कोरोनाबाट बच्नको लागि नियमित रुपमा साबुन पानीले हात धुने, फ्लू जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, जंगली तथा घरपालुवा पशुपन्छी सँगको असुरक्षित सम्पर्कबाट टाढा रहने, खोक्दा र हाछ्र्यु गर्दा नाक र मुख छोप्ने, फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने  र पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको