Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा फेरि थपिए कोरोना संक्रमित : संक्रमितको संख्या २५० पुग्यो

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, ०८ : २४ मा प्रकाशित

काठमाडौंमा फेरि थपिए कोरोना संक्रमित  : संक्रमितको संख्या २५० पुग्यो

अर्थ संसार, काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या २५० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले बिहान जारी गरेको दुई वटा विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार सर्लाहीका एक, धनुषा २, महोत्तरीका २, काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको