अर्थ संसार काठमाडाैं - कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ % र महिला ३६ % देखिएका छन् ।
अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी हुन्छ । एन्टीबोडी भनेको रगतमा रहेको प्रोटिन हो जुन विषाक्त पदार्थ तथा बाहिरी पदार्थ शरीरमा प्रवेश गरेमा त्यसलाई हटाउन शरीरले उत्पादन गर्दछ ।
- महिलामा २ खालका x क्रोमोजम हुन्छन जबकी पुरुषमा एउटा x – क्रोमोजोम हुन्छ भने अर्को y – क्रोमोजम हुन्छ । महिलामा हुने त्यो अतिरिक्त x – क्रोमोजोमले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्छ ।
- पुरुषमा हुने सेक्स हर्मोन Testestorone ले इम्युन सिस्टमलाई दमन गर्छ भने महिलामा हुने सेक्स हर्मोन estrogen ले इम्युन सिस्टमलाई जम्प गर्छ जसले गर्दा भाइरल संक्रमण रोक्न प्रभावकारी हुन्छ ।
- पुरुषको अन्डकोषमा धेरै ACE2 रिसेप्टर हुन्छन् जसको कारण भाइरस शरीरभित्र पस्ने धेरै सम्भावना हुन्छ ।
- त्यस्तै महिला र पुरुषको आन्द्रा र भुँडीमा हुने जीवाणु फरक हुन्छन् । महिलाको आन्द्राभुँडीमा हुने माइक्रो अर्गानिजमले रोगबाट थप सुरक्षा दिन्छ ।
- महिलालाई भन्दा पुरुषलाई मुटुको रोग धेरै हुन्छ । मुटुको रोग कोरोना संक्रमणम सबैभन्दा जोखिम मानिन्छ ।
- महिलाले जस्तो पुरुषले आफ्नो ख्याल गर्दैनन् जसले गर्दा कुनै पनि रोग निको हुन पुरुषलाई बढी समय लाग्छ ।
- महिलाभन्दा पुरुषहरु जोखिम व्यवहार गर्छन् जस्तै : चुरोट खाने, रक्सी पिउने, ड्रग खाने, डिस्को, बार, क्यासिनो जाने तथा घर बाहिरको वातावरणमा धेरै सहभागी हुने गर्दछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस