Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा कोरोना परीक्षण जारी

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, १५ : ५१ मा प्रकाशित

उपत्यकामा कोरोना परीक्षण जारी

अर्थ संसार काठमाडाैं - काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ ।

बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो । ती मध्ये ७०० जनाको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र ३३४ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) परीक्षण गरिएको हो ।

आरडिटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिएका छन् ।

सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीको आज परीक्षण गरिरहेको कामपाले जनाएको छ । सफाइ कर्मचारी र फोहरमैला सङ्कलन गर्नेहरुको आरडिटी र पिसिआर दुवै विधिबाट परीक्षण गर्न लागिएको हो ।

कामपाका ९५० कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् । अहिले उनीहरुको टेकुमा आरडिटी र पिसिआरका लागि स्वाब सङ्कलन भइरहेको छ ।

सङ्क्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको