अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा पर्सा बीरगंज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष र काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस