Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: लिम्पियाधुरासहित सार्वजनिक भयाे नेपालको नयाँ नक्सा

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, १५ : ०२ मा प्रकाशित

अन्तत: लिम्पियाधुरासहित सार्वजनिक भयाे नेपालको नयाँ नक्सा

अर्थ संसार, काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र तथा सङ्घीयतानुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ ।

सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गरेका हुन् । सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।

सरकारले सो नक्साका आधारमा निशानछाप र प्रतीकचिन्हसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरिएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको