Like us!
Follow us!
Connect us!
Watch us!

क्रिमसन अस्पतालले भन्यो : गुल्मीका संक्रमितको मृत्यु भएको छैन (विज्ञप्ति)

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, १३ : ३३ मा प्रकाशित

क्रिमसन अस्पतालले भन्यो : गुल्मीका संक्रमितको मृत्यु भएको छैन (विज्ञप्ति)

अर्थ संसार, काठमाडौं - रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको समाचार सही नभएको भन्दै विज्ञप्ति जारी गरेकाे छ । 

उनको मृत्यु भएको समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको विज्ञप्तिमार्फत जनाएकाे छ । 

गुल्मीको मदाने गाउँपालिका - ६ का ४१ वर्षीय पुरूष जेठ एक गतेदेखि अस्तपालमा उपचाररत छन् । ज्वरो आउने तथा टाउको दुख्ने समस्याले आएका ती पुरूषको स्वाब संकलन गरी राष्ट्रिय गहुँबाली अनुसन्धान प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको