Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सुनचाँदीको भाउ तोकिँदै

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १० : ५७ मा प्रकाशित

आजदेखि सुनचाँदीको भाउ तोकिँदै

अर्थ संसार, काठमाडौं - नेपाल सुन चाँदी व्यवसायी महासंघले आज (आइतबार) देखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । लकडाउनकाे घाेषणा भएसँगै सरकारकाे निर्णय पालना गर्दै चैत्र ११ गतेबाट सुनचाँदीको भाउ ताेक्न स्थगित गरिएकाे थियाे ।

महासंघले हिजाे (शनिबार) एक सुचना जारी गर्दै आजबाट सुनचाँदीको भाउ सार्वजनिक गरिने जानकारी दिएकाे छ । 

लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रकृया शुरु भएको बताउँदै सोही बमोजिम नेपाल सरकारले बिभिन्न जिल्ला प्रशासन, सम्बन्धित महानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरे अनुसार सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालन हुने महासंघका प्रवक्ता मनोज कुमार शाहले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको