Like us!
Follow us!
Connect us!
Watch us!

कति आकर्षक छ अरुण काबेलीमा सेयर लगानी ? कस्तो छ यसको अबस्था ? (फोटो फिचर)

मंगलबार, २५ असोज २०७३, ०८ : २९ मा प्रकाशित

कति आकर्षक छ अरुण काबेलीमा सेयर लगानी ? कस्तो छ यसको अबस्था ? (फोटो फिचर)

    अर्थ संसार
काठमाडौं– अरुण कबेली पावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागी आगामी कातिक ९ गतेदेखि १ सय रुपैयाँ दरको  ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्दैछ । आयोजना लगानीका लागि कति आकर्षक हो ? सर्बसाधारणको जानकारीका लागि हामीले यसको अबस्थाबारे केही जानकारी प्रस्तुत गरेका छौं । 
अरुण भ्याली हाईड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेडले सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेड स्थापना गरेको हो । अरुण भ्याली पुरानो जलविद्युत विकास कम्पनी हो । यस कम्पनीले नीजि लगानीकर्ता र नेपाली बैंकहरुको लगानीबाट देशको दुर्गम संखुवासभा जिल्लाको चैनपुर र मादी राम्बेनीबीच भई बहने पिलुवाखोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाको निर्माण पूरा गरी २०६० असोज १ गतेदखि व्यबसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ । नेपालमा नीजि लगानीबाट विद्युत आयोजनाहरु बनाउन सकिन्छ र यो एक मुनाफादायी व्यबसायीक क्षेत्र हो भनी बाटो देखाउने अग्रणी कम्पनी अरुण भ्याली  । अरुण भ्यालीले पिलुवाखोला जलविद्युत आयोजनाको निर्माणपछि २.४ मेगावाट क्षमताको रिडिखोला आयोजनाको निर्माण गर्नुको साथसाथै कम्पनीको एकल शेयर स्वामित्वमा अरुण काबेली पावर लिमिटेड नाम कम्पनी स्थापना गरि पाँचथरमा बहने काबेली नदीमा २५ मेगावाट क्षमताको जलविद्युुत परियोजना निर्माण गरिरहेको छ । अरुण भ्याली हाईडोपावर  डेभलपमेण्ट कम्पनीले काबेली बि १ आयोजनाको टलरेसमा १० मेगावाट क्षमताको काबेली क्यासकेड नामक आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी बाह्य सल्लाहकारमार्फत संभाव्यता अध्ययन गर्ने कार्य गरिरहेको छ । आगामी वर्ष यस १० मेगावाट क्षमताको आयोजनाको पनि निर्माण कार्य सुरु हुनेछ ।

काबेली बि १ जलविद्युत आयोजना पाँचथर र ताप्लेजुंग जिल्लाबीच भई बहने काबेली नदीमा अवस्थित छ । आयोजनाको बाँधस्थल काबेली र ईवाखोलाको दोभाननजिक रहेको छ । यस आयोजनामा काबेली नदीबाट ३४.२५ घनमिटर पानी प्रतिसेकेण्डमा फर्काई, ५.१ किलोमिटर लामो ४ मिटर ब्यासको फलामको पेनस्टक पाईपबाट ९४ मिटर माथिबाट खसाली २५ मेगावाट विद्युत उत्पादन गरिदैंछ । यो नेपालका जलविद्युत आयोजनाहरुमा जडित लामो र  बढी डायमिटरको पाईप रहेको कम्पनीको दावी छ । यस अयोजनाबाट १४,१७,४६,४७० किलोवाट घण्टा विद्युत उत्पादन हुनेछ । यो विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभि मेची कोरिडोर ट्रान्समिशन लाईनमार्फत पाँचथरको अमरपुरमा निर्मित सवस्टेशनमा जोडेर नेपाल अधिराज्यभर प्रसारण गरिनेछ ।  
विश्व बैंकको ऋण सहायतामा निर्माणाधिन यो ट्रान्समिशन लाईन आयोजना २०७४  बैसाख १० भित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीहरुसँग संमmौता नविकरण गरिएको छ । यो ट्रान्समिसन लाईन तोकिएको समयमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सहयोग गरिरहेको अरुण काबेली पावरले जनाएकोछ । यसैको आधारमा बिक्रम सम्बत २०७४ साल आषाढ महिनाभित्र काबेली बि १ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने गरी काम भईरहेको छ । काबेली परियोजना स्थलमा अहिले ६ सय कामदार र प्राविधिकहरुले काम गरिरहेका छन् । यस परियोजनामा अस्ट्रेलियाको एन्ड्रिट्ज हाइड्रो कम्पनीको भारतस्थित कारखानामा निर्मित टर्वाइन तथा जेनरेटरहरु जडान गरिनेछ । मेसिनहरु जडान गर्ने कार्य तिहारपछि सुरु कम्पनीले जनाएको छ । 
यस आयोजनाको विद्युत बिक्रीबाट कम्पनीले पहिलो वर्ष ७६.२ करोड आय प्राप्त गर्ने प्रक्षेपण गरेको छ । यति आयमा पहिलो ५ वर्ष वार्षिक ३ प्रतिशतका दरले थप आय प्राप्त हुने कम्पनीको दावी छ । यस आयबाट परियोजना निर्माणका लागि लिएको बैंक ऋणको सावाँ तथा तथा व्याज भुक्तान गरी बचेको रकमबाट शेयरधनीहरुलाई नगद लाभांश उपलव्ध गराइने कम्पनीले जनाएको छ । 
जलविद्युत आयोजना निर्माणमा जनताको व्यापक सहभागीता बढाई कार्य गर्ने कम्पनीको नीतिअनुसार कम्पनी दर्ता गर्नु अघि संस्थागत शेयरमा लगानी माग गरिएको थियो । जसअनुसार कम्पनीमा १ हजार ९ सय १३ जना संस्थापक शेयरधनी छन् । त्यस्तै  स्थानीय बासिन्दाका लागि वितरण गरिएको सेयरअनुसार पाँचथर र ताप्लेजुङमा गरी १४ हजार ६ सय ७३ जना सेयरधनी छन् । संस्थापक र स्थानीय शेयरधनीसमेत गरी १६ हजार ५ सय ८६ जना शेयरधनी अहिले कम्पनीमा छन् । 

कम्पनीको चुक्ता पूँजी  १५० करोड छ । यसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट  १०५ करोड (७० प्रतिशत) लगानी भएको छ । यो संस्थाक शेयरमध्ये अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी र संचालकहरुको तर्फबाट ६५ करोड  र अन्य लगानीकर्ताहरुको ४० करोड रुपैयाँ रहेको छ । 
परियोजना प्रभावित स्थानीय जनताको (पाँचथर र ताप्लेजुंग) १५ करोड गरी जम्मा  १२० करोड चुक्ता भईसकेको छ । बाँकी ३० करोड रुपैयाँको लागी आगामी कतिक ९ गतेदेखि सेयर निस्कासन खुल्ला हुने कम्पनीले जनाएको छ । शेयर निष्काशन र वितरण सम्बन्धि कार्य गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीको विवरण पत्र तथा थप जानकारी उक्त निष्काशन कम्पनीको वेभसाइट (www.siddharthacapital.com) बाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

अरुण भ्याली हाईडोपावर डेभलपमेण्ट कम्पनीले आफना शेयरधनीहरुका लागी हकप्रद शेयर निष्काशन गरी काबेली पावर लिमिटेडको शेयरमा लगानी गरेको रकमबाट काबेली बि १ जलविद्युत आयोजनाको निर्माण गरेको हो । यसर्थ यस आयोजनाबाट प्राप्त हुने आयबाट अरुण भ्याली हाईडोपावर डेभलपमेण्ट कम्पनीका शेयरधनीहरु बढी लाभान्वित हुने देखिन्छ । 
कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले नगद लाभांश, बोनस शेयर तथा धितोपत्र वजारमा हुने मूल्य अभिवृद्धिबाट लाभ प्राप्त गर्ने छन् । यो शेयर निष्काशन कार्य सम्पन्न भईसकेपछि कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुनेछ । यसबाट कम्पनीको शेयरमा तरलता प्राप्त हुनेछ । यसको विवरणपत्र हेर्दा यो मुनाफादायी परियोजना हुने देखिन्छ । 
 

57fc555ea21d0.jpg 57fc555eb5f2e.jpg 57fc555f7ca21.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको