Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार बढ्याे डलरकाे भाउ, अन्य मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

शनिबार, ३१ जेठ २०७७, १० : १३ मा प्रकाशित

शनिबार बढ्याे डलरकाे भाउ, अन्य मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (शनिबार) एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा रहेकाे छ ।

त्यसैगरी, शनिबार एक कुवेती दिनारको खरिददर ३९३ रुपैयाँ र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२२ रुपैयाँ १७ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको