अर्थ संसार, काठमाडौं – पर्साको वीरगञ्ज घण्टाघर नजिकै भेटिएको वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । घण्टाघरस्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 
घण्टाघरस्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका ती व्यक्तिको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
उक्त बेवारिसे अवस्थामा शव भेटिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पाजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालले जनाएको छ ।
त्यसैगरी, ती व्यक्तिको नाम, ठेगाना भने हालसम्म खुल्न सकेको छैन । शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस