Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ऋणीलाई व्याजमा आकर्षक छुट

निशा हुमाँगाई

सोमबार, ०१ असार २०७७, १३ : ०८ मा प्रकाशित

एनआईसी एशिया बैंकका ऋणीलाई व्याजमा आकर्षक छुट

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंकले COVID-19 महामारीबाट बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै बैंकले आफ्नै प्रयासबाट आषाढ महिनाका लागि समेत व्याज तथा नवीकरण शुल्क सम्बधमा अत्यन्त आकर्षक योजना ल्याएको छ ।

यसअघि जेष्ठ महिनासम्ममा चुक्ता भुक्तानी गर्नुपर्ने सम्पूण किस्ता/व्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रूपमा चुक्ता गरेमा सम्पूर्ण व्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना व्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको र उक्त योजना अत्यन्त लोकप्रिय भएको थियाे ।

बैंकले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत व्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा व्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तानी गरेमा उक्त कर्जाको विद्यमान व्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिनेछ ।

साथै साँवा तथा व्याज चुक्ता भुक्तानी गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/व्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । हाल ९.९९ प्रतिशत भन्दा कम व्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहक महानुभावहरूको हकमा भने विद्यमान व्यवस्था अनुसार नै व्याजदर कायम रहनेछ । त्यसैगरी, कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ । 

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप व्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ । 

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको हो ।

यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

त्यसैगरी, बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको अक्षरशः पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तानी गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरूको हकमा साधारण व्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकहरूको खातामा वैशाख महिनामै जम्मा गरिसकेको ब्यहोरा सहर्ष जानकारी गराएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको