Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेण्ट

निशा हुमाँगाई

सोमबार, ०१ असार २०७७, १३ : ४८ मा प्रकाशित

नेको इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेण्ट

अर्थ संसार, काठमाडौं – नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । कम्पनीले आज (असार १ गते, साेमबार) बाट लागू हुने गरी आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको