Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय एयरलाइन्स र हुवावेबीच भयाे यस्ताे सम्झौता

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १७ : १७ मा प्रकाशित

हिमालय एयरलाइन्स र हुवावेबीच भयाे यस्ताे सम्झौता

अर्थ संसार, काठमाडौं – हिमालय एयरलाइन्स र हुवावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र हुवावेबीच आइतबार ललितपुर स्थित हुवावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो ।

हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र हुवावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसैगरी, जाङ्ग फ्यान, नेपालमा चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार, वाङ्गपिङ्ग, तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागको उपमहानिर्देशक, जन गणतान्त्रिक चीन, जउ डन्जिन, हुवावे एशियन प्यासिफिक क्षेत्र क्लाउडका अध्यक्ष र AI व्यवसाय, र नेपालका अन्य उद्यमहरूका प्रतिनिधिहरूले यस अवसरमा हुवावे अनलाइन भिडियो कन्फरेन्स प्रणालीको प्रयोग गरेर साक्षीको रूपमा भाग लिएका थिए ।

त्यस्तै, हिमालय एयरलाइन्स डिजिटल रूपान्तरणको मुख्य चरणमा रहेकाे छ । हुवावेसँग योजनाबद्ध साझेदारी स्थापना गरेर र यसका साझेदारहरूसँग इकोसिस्टममा सहयोग गरेर हिमालय एयरलाइन्सले आफ्नो डिजिटल रूपान्तरणको गति बढाउने र कम्पनीलाई छिटो विकासको नयाँ चरणमा धकेल्ने बताइएकाे छ ।

 

 

 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको