Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर ! ११ वटा कम्पनीको  ६ करोड २५ लाख कित्ता आइपिओ आउँदै (भिडियोसहित)

अर्थ संसार

विहीबार, १८ भदौ २०७७, ०५ : ५८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- शेयर बजारमा ११ वटा बीमा कम्पनीको ६ करोड २५ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर (आइपिओ) आउने भएको छ । यी ११ वटा कम्पनीमध्ये २ वटाले नेपाल धितोपत्र बोर्डमा निवदेन दिएका छन् भने बाँकी कम्पनीले दिने तयारी गरिरहेका छन् । 

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब रूपैयाँ पुर्याउनुपर्ने भएकाले उक्त कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।

११ वटा कम्पनीमध्ध्ये ९ वटा जीवन बीमा कम्पनी र २ वटा निर्जीवन बीमा रहेका छन् । आइपीओ निश्कासन गर्ने कम्पनीहरुमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड,  सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रेहेका छन् । 

विस्तृत जानकारीको लागि भिडियो हेरौं । 

यो पनि हेर्नुहोस्

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको