Like us!
Follow us!
Connect us!
Watch us!
विशेष साधारण सभा सम्पन्न

अपि पावरले एक बराबर दुई कित्ता हकप्रद सेयर दिने

सोमबार, २८ चैत्र २०७३, १६ : ४८ मा प्रकाशित

अपि पावरले  एक बराबर दुई कित्ता हकप्रद सेयर दिने

अर्थ संसार 
काठमाडौँ– अपि पावर कक्पनी लिमिटेडको दोस्रो विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने प्रस्ताव विशेष साधारण सभाले पारित गरेको छ । साधारणसभाबाट पारित प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । 

कम्पनीको हालको सेयर संख्या एक करोड पाँच लाख कित्ता रहेको छ । यसबाट विद्यमान १ सेयर बराबर दुई सेयरका दरले हकप्रद सेयर निस्काशन गर्ने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने जानकारी दिनुभयो । 

प्रतवित सेयर निस्काशनबाट प्राप्त हुने जम्मा रु दुई अर्ब १० करोड  मध्ये रु एक अर्ब सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गर्न लागेको त्रिशुली गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ भने रु एक अर्ब १० करोड रकम भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको छ । 

यस्तै अपि पावर कम्पनीको हालको चुक्ता पूँजी रु एक अर्ब पाँच करोड र जारी पूँजी रु तीन अर्ब रहेकोमा पूँजी वृद्धि गरी जारी पूँजी रु चार अबै कायम गर्ने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ । 
कम्पनीको पूँजी संरचनामा परिवर्तन भएको हुँदा सो अनुकुल हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने तथा सो सम्बन्धी कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइनेछ । 

साधारणसभालाई सम्बोधन गर्दै कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले कम्पनीले विभिन्न फरक फरक परियोजनामा एक पछि अर्को गर्दै जाने लक्ष्यका साथ काम सुरु भएको बताउनुभयो । 
उहाँले कम्पनीले प्रगतिशिल हिसाबले हरेक वर्ष बढी भन्दा बढी प्रतिफल दिने लक्ष्य राखिएको उल्लेख गर्नुभयो । 

कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले अपि पावर कम्पनीप्रति सेयरधनी र शुभेच्छुकले देखाउनुु भएको विश्वासलाई सम्मान गर्दै थप नयाँ लगानीका अवसरहरु खोजिएको बताउनुभयो । कम्पनीले निकट भविस्यमा नै अपर चमेलियालगायतका आयोजनामा लगानी गर्न लागिएको र त्यसले सेयरधनीलाई थप लगानीका अवसर प्रदान गर्ने उहाँको भनाइ थियो । 

साधारणसभामा कृष्णप्रसाद अधिकारी, अशोक उप्रेती,  हेमराज सुवेदी, अमृतदास रञ्जित, उद्धवप्रसाद घिमिरे, डमरुबल्लभ घिमिरेलगायतले कम्पनीको कार्यप्रगति सन्तोषप्रद रहेको भन्दै आगामी दिनमा सेयरधनीलाई थप विश्वासमा लिएर काम गर्न आग्रह गर्नुभएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको