Like us!
Follow us!
Connect us!
Watch us!

अब खाद्य सामग्री अनलाइनबाट किनमेल गर्दा खल्ती वालेटबाटै भुक्तानी गर्न सकिने !

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १७ : २७ मा प्रकाशित

अब खाद्य सामग्री अनलाइनबाट किनमेल गर्दा खल्ती वालेटबाटै भुक्तानी गर्न सकिने !

अर्थ संसार, काठमाडौं - खल्ती डिजिटल वालेट प्रयाेग गर्ने ग्राहकहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेकाे खाद्यान्न लगायतका सामाग्रीकाे माेवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् । 

ग्राहकले कम्पनीकाे nepalfood.gov.np वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनाैट गर्नु पर्ने छ । त्यसपछि माेवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ । खाद्य वीवस्था तथा व्यापार कम्पनीले चामल, दाल, कर्णालीको सिमी, गेडागुडी, दूग्ध विकास संस्थानकाे घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलाेलगायतका सामग्री विक्री गर्दै आएकाे छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडौं उपत्यकामा चक्रपथभित्र हाेम डेलिभरी समेत दिँदै आएकाे छ । 

कसरी डाउनलोड गर्ने 'खल्ती' एप ?

'खल्ती' एप यो लिंकबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको