Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो सभा, यस्ता छन् छलफलका मुख्य एजेन्डा

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, ०९ : ५१ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो सभा, यस्ता छन् छलफलका मुख्य एजेन्डा

अर्थ संसार, काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १८ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको भदौ २५ गते बिहिबार बसेको संचालक समितिको निर्णयानुसार असोज १६ गते शुक्रबार स्टार व्याङक्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने २०७६/७७ को लेपरिक्षण गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको छलफल हुनेछ । 

यस्तै विशेष प्रस्ताव अन्तर्गत जारे तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहि बमोजिम प्रवान्धपत्रमा संशोधन गर्ने सम्बन्धमा १६ औं र १७ औं वार्षिक साधारणसभाबाट पारित तत्काल कायम चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय को १ बराबर १ अनुपात हकप्रद शेयर जारी गरी चुक्ता पूँजी १३ करोड्स १२ लाख ३३ हजार ८ सय पुर्याउने,  नारायणी डेभलपमेन्ट बैंक र अन्य वैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति हुने लगायत विषयमा छलफल हुनेछ ।\

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

5f6c1e3d0899e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको