Like us!
Follow us!
Connect us!
Watch us!

ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक, कति छ मूल्य ? हेर्नुहोस्

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १७ : ०२ मा प्रकाशित

ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक, कति छ मूल्य ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अक्टोबर १ देखि ओपो एफ१७ प्रो नेपाली बजारमा सर्वत्र उपलब्ध हुनेछ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक हुने यो फोनमा ८ जीबी र्याम र १२८जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक हुनेछ । यसको बजार मूल्य रु. ४३,९९० निर्धारण गरिएको कम्पनीले जनाएको छ । 

स्लिक तथा प्रिमियम डिजाइन
७.४८एमएम अल्ट्रा स्लिक बडी डिजाइनका कारण ओपो एफ१७ प्रो खल्ती तथा ज्याकेटमा कुनै बल्ज (फुलिएको) विना सहजै अटाउँछ । साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिनेछ। 
एफ१७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्चहोल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७% स्क्रिन टू बडी रेसियो उपलब्ध गरिएको छ । कम्पनीले फोनलाई म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक गरेको छ ।

अत्याधुनिक क्यामेरा प्रविधि
एफ१७ प्रोले प्रयोगकर्तालाई व्यवसायिक झैँ देखिने तस्विर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ१७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्स पनि उपलब्ध गराउँछ ।

फोनको अग्र भागमा तस्विरमा बोके ईफेक्ट दिनका लागि हार्डवेयर लेभल प्रोसेसिंगको सुविधा प्रदान गर्ने डुअल क्याम जडान गरिएको छ । डुअल लेन्स बोकेले पोट्रेट सेल्फी तस्विरका साथै, भिडियो तथा शटमा रहेका बहु(संख्यक ब्यक्तीका लागि उपयोगी हुने गरी अपग्रेड गरिएको छ ।

कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिन सघाउने सोचका साथ एफ१७ प्रो मार्फत उपलब्ध गरिएको एआई नाइट फ्लेर पोट्रेटले लोलाईट एचडीआर अल्गोरिथम र बोके ईफेक्टको संयुक्त प्रयोग मार्फत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रप र्फात पोट्रेटमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्विर लिन सघाउँछ । 

३० वाट भोक फ्ल्याश चार्ज ४.०
ओपोको स्वामित्वमा रहेको ३०वाट भोक फ्ल्याश चार्ज ४.० र्यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ५ घण्टाको टक टाइम वा थप दूई घण्टा ईन्स्टाग्राम ब्राउजिंग, वा ३५ मिनेट पबजी गेमिङको मज्जा लिने अवसर प्रदान गर्छ । जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङ कै समयमा पनि विना चिन्ता ब्याट्री चार्ज गरी गेमका विचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ ।

यस प्रविधिले उपलब्ध गराउने एआई नाइट चार्जिंगले प्रयोगकर्ताको सुताई बान्की (स्लिपिंग प्याटर्न)का आधारमा प्रयोगकर्ता ब्यूँझने समयको मापन गरी सोही समयमा ब्याट्रीलाई १००% चार्ज हुने ब्यवस्था मिलाउँछ । यसमा रहेको सुपर पावर सेभिङ मोडले दिनको समयमा फोनमा ब्याट्री कम रहँदा अन्तिम ५% ब्याट्रीलाई डिस्प्लेलाई ब्ल्याक एण्ड ह्वाइटमा परिवर्तन गर्दै पूर्व निर्धारित ६ ओटा एप्स चलाउन मिल्नेगरी समायोजन गरी दिन्छ ।

तिब्र, सहज र स्मूथ प्रयोग अनुभव
एफ१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेटका साथमा ८ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसमा रहेको थ्री कार्ड स्लोटका माध्यमबाट ५१२जीबीसम्म बढाउन सक्नेछन् । एफ१७ प्रोको एन्टि ल्यागिङ अल्गोरिथमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइ गर्ने क्षमता राख्छ । यसले गर्दा स्टटर्स र फ्रिजहुने जस्ता समस्या आउन पाउँदैन । साथै, फाइल सिस्टममा रहेका डाटा पढ्ने तथा लेख्ने कार्यमा तिब्रता आउँछ । यसमा गरिएको मेमोरी डिफ्र्यागमेन्टेशन फिचरका कारण र अटोमेटिक डाटाबेस अप्टिमाइजेशन मार्फत फोन स्टटर हुने समस्यामा ५४%ले कमी आउँछ भने, फाइल पढ्ने तथा लेक्ने क्षमतामा २८%ले सुधार आएको छ ।

एफ सिरिजको डिजाइन गरिँदा ट्रेण्डसेटिङ पुस्तालाई ध्यानमा राखि तिनका जीवन र स्टाइलको ब्यक्तिगत परिभाषा झल्काउन सघाव मिलोस् भन्ने तिर विशेष ध्यान दिएर स्लिक बडी उपलब्ध गराइएको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए । एफ१७ प्रोको डिजाइन मार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्याश चार्जको अत्याधुनिक समिकरण पनि उपलब्ध गरिएको उनले बताए छ । एफ१७ प्रोले ट्रेन्डसेटिङ तथा महत्वाकांक्षी प्रयोगकर्ताका आकार तथा स्टाइलका लागि रहेका सबै अपेक्षाहरु पूरा हुने कम्पनीले विश्वास लिएको छ ।’

एफ१७ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप वृद्धि गर्दै एन्को डब्लयू५१ र ओपो वाट्चपनि सार्वजनिक गरेको छ । ओपो वाट्च, ४१ एमएम र ४६ एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः २४,९९० र ३४,९९० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, ओपो एन्को डब्ल्यू५१को मूल्य ८,९९० निर्धारण गरिएको छ । 
ओपो एफ१७ प्रो र वाट्च खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८ देखि ३० सम्म प्रि-बुकिङ खुल्ला गरिएको छ । एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाईन लञ्च ईभेन्ट मार्फत कम्पनीले ओपो एफ१७ पनि सार्वजनिक हुने जानकारी दिएको छ । ओपो एफ१७ भने अक्टोबर ५ देखि नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य भने अहिलेसम्म कम्पनीले खुलाइ सकेको छैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको