Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा ओपो एफ१७प्रोको बिक्री आरम्भ

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १७ : ०१ मा प्रकाशित

नेपालमा ओपो एफ१७प्रोको बिक्री आरम्भ

अर्थ संसार, काठमाडौं - ओपोले नेपालमा आजबाट एफ१७प्रोको बिक्री आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको बिक्री खुल्ला गरेको हो । 

सेप्टेम्बर २७मा एक अनलाइनलञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिपमोडल ओपो एफ१७प्रोका साथमा एन्को डब्ल्यू५१ र ओपो वाट्चेज पनि सार्वजनिक गरेको थियो । 

नेपालमा ओपोको दोस्रो अनलाईन लञ्च ईभेन्टमा नेपालीचलचित्र जगत्का लोकप्रिय स्टार्स, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुपविक्रमशाही, नायिका तथा मोडल अलिशा राईका साथै फोटोग्राफर तथा चलचित्रनिर्माता सन्जोग राईले पनि उपस्थिती जनाएकाथिए ।

नेपालमाओपो एफ१७प्रोको मूल्यः
८जीबी र्याम र १२८जीबी सञ्चयक्षमताका साथमाउपलब्धगरिएको ओपो एफ१७प्रोको मूल्य नेपालमा रु. ४३ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन म्याजिकब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

ओपो एफ१७प्रोमा ६.४३ ईञ्च सुपर एमोलेड एफएचडी+ डिस्प्लेका साथमा १६एमपी + २ एमपी फ्रण्ट क्यामेरा सेटअपका लागि डुअल पञ्च-होल कटआउट दिइएको छ । यस स्मार्टफोनको ब्याकप्यानलमा ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्थागरिएको छ । तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८एमपी अल्ट्रा वाइट, २एमपीमाक्रो र २एमपी डेप्थ सेन्सर रहेका छन् । ओपोका अनुसार एफ१७प्रो “सन् २०२०कै स्लिकेस्ट फोन”हो । यसको मोटाई ७.४एमएम अल्ट्रा(थिन र वजनजम्मा १६४ ग्रामको अल्ट्रा-लाइटवेट बडी छ ।

एफ१७प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेटका साथमा ८ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसमा रहेको थ्रीकार्ड स्लोटका माध्यमबाट सञ्चय क्षमतालाई ५१२जीबी सम्म बढाउन सक्छन् । 

एफ१७प्रोको एन्टि ल्यागिङ अल्गोरिथमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइगर्ने क्षमता राख्छ । यसले गर्दा स्टटर्स र फ्रिजहुने जस्ता समस्याआउनपाउँदैन । त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३०वाट भोक फ्ल्याशचार्ज प्रविधि सुसज्जित ४,००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । 

एन्को डब्ल्यू५१ र ओपो वाट्चेजको पनि विक्रि खुल्लाः
एफ१७प्रोका साथै ओपोले नेपालमाआफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लयू५१ र ओपो वाट्च पनि आजैका मितिबाट उपलब्ध गराएको छ । ओपो वाट्च, ४१एमएम र ४६एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः रु. २४,९९० र रु. ३४,९९० निर्धारण गरिएको छ । त्यसैगरी, ओपो एन्को डब्ल्यू५१को मूल्य ८,९९० निर्धारण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको