Like us!
Follow us!
Connect us!
Watch us!
आगामी डेड बर्षभित्र सक्ने लक्ष

अपिले बनाउन थाल्यो ८ मेगावाटको नौगाड दोस्रो

आइतबार, ३० असोज २०७३, १२ : १८ मा प्रकाशित

अपिले बनाउन थाल्यो ८ मेगावाटको नौगाड दोस्रो


अर्थ संसार
काठमाडौं–अपी हाइड्रोपावर कम्पनीले ८ मेगावाट क्षमताको नौगाड दोस्रो जलविद्युत आयोजना निर्माण सुरु गरेको छ । यसअघि १५ महिनामै ८ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरेको अपिको यो दोस्रो आयोजना हो ।

कम्पनीले दोस्रो अपर नौगाड निर्माण सकिएलगत्तै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको जनाएको छ । नौगाड दोस्रोको असोजको दोस्रो साताबाट निर्माण सुरु भई १७ महिनामा बिजुली निकाल्ने लक्ष्यअनुरूप काम अगाडि बढाइएको आयोजनाका सञ्चालक इन्द्रमणि त्रितालले बताए । 

सिप्टी र धुलीगडा गाविसको सीमामा निर्माण हुन थालेपछि स्थानीयलाई समेत लाभ पुग्ने धुलीगडाका जनकसिंह ठगुन्नाले बताए । स्थानीय स्तरमा ठूलो आयोजना निर्माण हुन लागेपछि यहाँका स्थानीयलाई दोहोरो फाइदा भएको छ । स्थानीय स्तरको भौतिक विकाससँगै यहाँका बासिन्दाले रोजगारी समेत पाउने सिप्टीका स्थानीय प्रेमसिह धामीले बताए । 

नौगाड दोस्रो जलविद्युतमा अहिले ड्याम साइट र पावर हाउस स्थलसम्मको सडक निर्माण अगाडि बढेको सञ्चालक त्रितालले बताए । त्यसलगत्तै ड्याम र पावर हाउस बनाइने उनले जानकारी दिए । कुनै अवरोध नआए १५ देखि १७ महिनामै बिजुली बाल्ने लक्ष्य राखेर निर्माण कार्य सुरु गरिएको उनको दाबी छ ।

‘पहिलो नौगाडको १८ महिनामै बिजुली उत्पादन गरेका थियौं,’ उनले भने, ‘पहिलेकै आधारमा दोस्रोको पनि निर्माण थालनी गरिएको छ ।’ १ सय ४० करोडको लागतमा निर्माण हुने नौगाड दोस्रो जलविद्युत् चमेलियाको राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

नौगाड दोस्रोको निर्माणपश्चात ४० मेगावाटको अपर चमेलिया निर्माण गरिने कम्पनीले जनाएको छ । अनुमानित ७ अर्ब लागतको उक्त आयोजनालाई ३ वर्षमा सक्ने लक्ष्य राखिएको नौगाड दोस्रोका सञ्चालक त्रितालले जानकारी दिएको कान्तिपुर दैनिकले छापेको छ । 

यसअघि अपि पावरले बैतडीको रुद्रेश्वरपारि दार्चुलाको देथलास्थित नौगाड साना जलविद्युत्आयोजना निर्माण गरी विद्युत बिद्युत् उत्पादन सुरु गरेको थियो ।त्यहाँ उत्पादित विद्युत् अत्तरिया बलाच राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

अपीले दार्चुलाको नौगाड खोलाबाट साढे ८ मेगावाट क्षमताको आयोजना दुई वर्षअघि निर्माण सुरु गरेको थियो । आयोजनाको कुल लागत १ अर्ब ४० करोड थियो । निर्माण सम्पन्न हुँदा प्रतिमेगावाट १६ करोड उत्पादन खर्च भएको कम्पनीले जनाएको छ।

आयोजना क्षेत्रका सय परिवारको डेढ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । कम्पनीले आयोजना स्थल आसपासको देथला गाविसमा विद्यालय भवन, मन्दिर, सडक, सिँचाइजस्ता संरचना पनि बनाएको छ । सन् २००७ मा चमेलिया निर्माण सुरु भएलगत्तै नौगाड आयोजनाको सम्भाव्यता अध्ययन सुरु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको