Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निष्काशन गर्ने पाइपलाइनमा सिटिजन लाइफ, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १८ : ५२ मा प्रकाशित

आइपिओ निष्काशन गर्ने पाइपलाइनमा सिटिजन लाइफ, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

अर्थ संसार, काठमाडौं–  सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको आईपिओमा एनआईबीएल एस क्यापिटलले गर्ने भएको छ । मंगलबार सिटिजन लाईफ इन्स्योरेन्स र एनआईबिएल एस क्यापिटलबीच आईपिओ निष्काशनको बिक्री प्रबन्धकको काम गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कूल ७५ लाख कित्ता आईपीओ निष्कासनको लागि इन्स्योरेन्स र एनआइविएल एस क्यापिटलबीच सम्झौता भएको सिटिजन लाईफले जनाएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

 कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ छ ।

कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्टाइएको ७५ करोडको शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नछ ।

यसरी प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको यस आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १६४% ले र कुल बीमा शुल्क आर्जनमा ६९% प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७% ले वृद्धि गरी ४९ करोड ६१ लाख रलगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धिगरी रु. ३३ करोड ८३ लाख पुर्याउन सफल भएको छ ।   

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकममध्ये करिब ९१% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमालिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै  उत्कृष्ट सेवाप्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको