Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको आइपिओ ब्रिक्री आजबाट बन्द गरिने !

अर्थ संसार

बुधबार, १४ असोज २०७७, ०६ : ३१ मा प्रकाशित

जनरल इन्स्योरेन्सको आइपिओ ब्रिक्री आजबाट बन्द गरिने !

अर्थ संसार, काठमाडौं- जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर (आइपिओ) आज (असोज १४ गते ) बाट निष्काशन तथा ब्रिक्रिका लागि बन्द गरिने भएको छ । 

कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीले २७ लाख ३० हजार कित्ता आईपीओ असोज ११ गतेदेखि बिक्रीको लागि खुल्ला गरेको थियो । आईपिओमा सर्वसाधारण आवेदकहरुबाट माग गरे भन्दा बढी शेयर खरिदका लागि आवेदन प्राप्त भएकोले आज बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन दिने कार्य बन्द गरिने कम्पनीले जनाएको छ ।
शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।
 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको