Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ भर्नु भयो ? जनरल इन्स्योरेन्सको आइपिओ भर्ने आज अन्तिम मौका !

अर्थ संसार

बुधबार, १४ असोज २०७७, ०९ : १४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर (आइपिओ) मा आवेदन दिनुभयो ? नदिएको भए आजै आवेदन दिनुहोस् । किन कि आवेदन दिने अन्तिम दिन बुधबार अर्थात आज अन्तिम दिन रहेको छ ।

कम्पनीले निष्काशन गरेकाके आइपिओ मंगलबार बेलुका ५ बजेसम्म  ६ लाख ८१ हजार ३७३ जनाले १ करोड ९१ लाख ६१ हजार ९० कित्ताको लागि आवेदन दिएको सिडिएसले जनाएको छ । कम्पनीले मागेको भन्दा ७.०१ गुणा बढी आवेदन परेको छ ।  

कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा असोज ११ गतेदेखि निष्काशन गरेको थियो ।  जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट  आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।  यस कम्पनीले निष्काशन गरेकोआइपिओमा आवेदन माग भन्दा धेरै परेकोले न्यूनतम १० कित्ता अर्थात एक हजारमात्र लगानी गर्नुपर्दछ । 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको