Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको संस्थापक शेयरको प्रारम्भिक बाँडफाँड

अर्थ संसार

बुधबार, १४ असोज २०७७, ०९ : २० मा प्रकाशित

बैंक अफ काठमाण्डूको संस्थापक शेयरको प्रारम्भिक बाँडफाँड

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडका संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक समुहको शेयरको प्रारम्भिक बाँडफाँड गरिएको छ । 

बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक शेयरहरु साउन २६ गते शिलबन्दी बोलपत्रद्वारा खरिद गर्न आह्वान गरिएको थियो सो अवधिभित्र प्राप्त बोलपत्र खोलि हिजो असोज १३ गते मंगलबार प्रचलित कानून बमोजिम प्रारम्भिक बाँडफाँड गरिएको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै प्रारभिक बाँडफाँडमा परेका आवेदकहरुको बैंकबाट स्वीकृति प्राप्त भए पश्चात मात्र अन्तिम बाँडफाँड भई खरिद बिक्री कार्य अगाडी बढाइने जानाकारी दिएको छ ।

साथै  प्रारभिक बाँडफाँडमा नपरेका शेयर वापतको रकम फिर्ता भुक्तानी आज (असोज १४ गते बुधबार) देखि आवेदकको आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको