Like us!
Follow us!
Connect us!
Watch us!

बडा दशैँमा बैंक अफ काठमाण्डूको डिजिटल दक्षिणामा ३ सयसम्मको नगद उपहार !

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १४ : २९ मा प्रकाशित

बडा दशैँमा बैंक अफ काठमाण्डूको डिजिटल दक्षिणामा ३ सयसम्मको नगद उपहार !

अर्थ संसार, काठमाडौं - नेपालीहरुको आउँदै गरेको महान चाड बडा दशैँको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । 

बैंकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा व्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गरेको छ । बडा दशैँमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंकले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । 

साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तिन पटक भिन्न-भिन्न व्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार रुपैयाँ वा सो भन्दा बढि भएमा ३ सय रुपैयाँ नगद उपहार लागि ग्राहकहरु योग्य हुनेछन् । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरुलाई दक्षिणा दिँदा यस बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन समेत बैंकले अनुरोध गरेको छ । 
साथै, यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले निम्न लिखित शर्तहरुको पालना गर्नुपर्ने छ । 
१. ग्राहकहरुले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ । 
२. ग्राहकहरुले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ । 
३. उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा रु. १,००० वा सो भन्दा बढी हुनुपर्नेछ । 
४. ग्राहकहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको FonePay मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । 
५. ग्राहकहरुले दक्षिणा कारोबारको विबरणमा “DAKSHINA”  राख्नु पर्नेछ ।
६. यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले नेपालीहरुको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको