Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले पेन्सन कोषमा रहेको १ अर्ब ७८ करोड लगानी गर्ने

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १७ : १९ मा प्रकाशित

राष्ट्र बैंकले पेन्सन कोषमा रहेको १ अर्ब ७८ करोड लगानी गर्ने

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले २४० दिने मुद्दती निक्षेपमा पेन्सन तथा उपदान कोषमा रहेको सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा लगानी गर्न लागेको हो । 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २६ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ८ करोड ९० लाख रुपैयाँ गरी कूल १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्न लागेको हो । 

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी असोज १८ गतेसम्ममा बोलकबोल पेश गर्नुपर्नेछ ।

बैंकले सो रकम २०७७ कार्तिक २ गतेदेखि २०७८ जेठ ३१ गतेसम्म २४० दिनका लागि बैंक तथा वित्तीय संस्थको मुद्दती निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकको सो निक्षेपमा सहभागी हुन बैंक तथा वित्तिय संस्थाले विभिन्न शर्त पुरा राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने यस्ता बैक तथा वित्तीय संस्थाको न्यूनतम पूँजीकोष राष्ट्र बैंकले कायम हुनुपर्नेछ ।

त्यसैगरी, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको,  अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी भएको, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्नेछ जस्ता शर्तहरू तोकिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको