Like us!
Follow us!
Connect us!
Watch us!

युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १२ : २९ मा प्रकाशित

युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त

अर्थ संसार, काठमाडौँ - मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री तथा प्रधान्मन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

यस्तै नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको