Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महतलाई पूर्वअर्थमन्त्रीको सुझाव– पदको बाजी नराख्नुस्

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १२ : १५ मा प्रकाशित

अर्थमन्त्री डा. महतलाई पूर्वअर्थमन्त्रीको सुझाव– पदको बाजी नराख्नुस्

नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पदका बाजी नराख्न सुझाएका छन् । आर्थिक पत्रकार समाज सेजनले आज (बुधबार) आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो सुझाएका हुन् ।

उनले भने,‘करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुन्छ । त्यो दुई प्रकारको आवश्यकताले हुन्छ । एउटा प्रणालीको आवश्यकताले,अर्को व्यवसायीको आवश्यकताले । त्यसकारण भोलि प्रश्न उठ्यो भने जवाफदेही त अर्थमन्त्री हुनैपर्छ,पदको बाजी नै नराखेको भए हुने ।’

अर्थमन्त्री डा।महतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा करका दर कसैको दबाबमा हेरफेर गरेको प्रमाणित भए पदमा नबस्ने भन्दै प्रमाणित गर्न चुनौती दिएका थिए । त्यसको जवाफमा डा. खतिवडाले पदको बाजी नराख्न सुझाएका हुन् ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको