Like us!
Follow us!
Connect us!
Watch us!

भाग्य हुनेले मात्र पाउने जनरल इन्स्योरेन्सको आइपिओ ! यस्तो आयो अन्तिम तथ्यांक

अर्थ संसार

विहीबार, १५ असोज २०७७, २० : १० मा प्रकाशित

भाग्य हुनेले मात्र पाउने जनरल इन्स्योरेन्सको आइपिओ ! यस्तो आयो अन्तिम तथ्यांक

अर्थ संसार, काठमाडौं- माग भन्दा ८.२९ गुणाबढी आवेदन परेसँगै जनरल इन्स्योरेन्सको आइपिओ पाउन भाग्यमा भर पर्नु पर्ने देखिन्छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार  जनरल इन्स्योरेन्सको आइपिओमा ८ लाख २० हजार ४३१ जनाले २ करोड २६ लाख ३५ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ८.२९ गुणा बढी हो ।

 इन्सुरेन्सको आइपीओमा २ लाख ७३ हजार जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।

२ लाख ७३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्ता सेयर समाप्त हुनेछ ।आवेदन दिएका ५ लाख ४७ हजार आइपीओ पाउनबाट वञ्चित हुने निस्चित छ । 

कम्पनीले असाजे ११ गतेदेखि असोज १४ गते सम्म  ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएर आइपिओ निष्काशन गरेको थियो ।  बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।  जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको थियो । । 
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको