अर्थ संसार, काठमाडौं - ग्रीनभ्याली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको संचालक समितिको असोज १० गते शनिबार बसेको बैठकले गरेको निर्णयानुसार साधारसभा कात्तिक २१ गते शुक्रबार बस्ने भएको छ ।
संचालक समितिको तर्फबाट आ.व २०७६/७७ को अध्यक्षबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, संचालक समितिले गरेको निर्णयहरुको अनुमोदन गर्ने/ आ.व २०७७.७८ को लागि लेखापरिक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थाको विनियम संसोधन गर्ने, शेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने सम्बन्धमा छलफल गरि पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस