Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड कहिले? यसो भन्छ बिक्री प्रबन्ध एनआइबीएल

अर्थ संसार

शनिबार, १७ असोज २०७७, ०५ : ४६ मा प्रकाशित

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड कहिले? यसो भन्छ बिक्री प्रबन्ध एनआइबीएल

अर्थ संसार, काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको  साधारण शेयर (आइपिओ)  कहिले बाँडफाँड हुन्छ ? यो आवेदन दिने ८ लाख २० हजार ४३१ जना आवेदकले सोध्ने प्रश्न हो । यही आम लगानीकर्ताको प्रश्नलाई अर्थ संसार डट कमले शुक्रबार विहान बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटललाई सोधको छ, आइपिओ बाँडफाँड कहिले हुन्छ ? 

प्रबन्धक एनआइबीएल एस क्यापिटल भन्छ-'आजसम्म सवै बैंकले आइपिओको आवेदन भेरिफाई गरेर दिएको छैनन् , बैंकको सिस्टम चलेको छैनन् भनिराछन्, अहिले नै भन्न सकिदैन् । हामीले शेयर निष्काशन कम्पनीसँग पनि कुरा भैरहेको छ, आउने हप्ताभित्र आइपिओ बाँडफाँड हुन सक्नेछ, तर अहिले नै मिति भने तोक्न सकिदैन् ।' 

यो मागको तुलनामा ८.२९ गुणा बढी हो । इन्सुरेन्सको आइपीओमा २ लाख ७३ हजार जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।

२ लाख ७३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्ता सेयर समाप्त हुनेछ ।आवेदन दिएका ५ लाख ४७ हजार आइपीओ पाउनबाट वञ्चित हुने निस्चित छ । 

कम्पनीले असाजे ११ गतेदेखि असोज १४ गते सम्म  ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएर आइपिओ निष्काशन गरेको थियो ।  बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

 जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको थियो । । 
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको