Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड लगानीकर्ताको पर्खाइमा, पर्ने संभावना कति ?

अर्थ संसार

शनिबार, १७ असोज २०७७, १० : ४१ मा प्रकाशित

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड लगानीकर्ताको पर्खाइमा, पर्ने संभावना कति ?

अर्थ  संसार,काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरी सकेको आइपिओ यति खेर बाँडफाँड गर्ने तयारीमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल  जुटेको छ । सि-आस्वाबाट  र बैंकबाट  परेको आवेदनमाथि  भेरीफाइ हुने काम भैरहेको  छ । यो अन्तिम अवस्थामा पुगेको क्यापिटलले जनाएको छ  ।

दोस्रो बजारमा बीमा कम्पनीको शेयर राम्रै मूल्य भएकाले जनरलको आइपिओ बाँडफाँडमा आम लगानीकर्ताको ध्यान  खिचेको छ  । त्यसोत, माग भन्दा ८.२९ गुणाबढी आवेदन परेकोले पनि  आइपिओ पाउन भाग्य हुनु पर्ने लगानीकर्ताहरु बताउँछन् । 

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड कहिले? यसो भन्छ बिक्री प्रबन्ध एनआइबीएल

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म निष्काशन गरेको  आइपिओमा  कुल २ अर्ब २६ करोड ३५ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ८ लाख २० हजार ४३१ जनाले २ करोड २६ लाख ३५ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो मागको तुलनामा ८.२९ गुणा बढी हो । इन्सुरेन्सको आइपीओमा २ लाख ७३ हजार जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।

२ लाख ७३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्ता सेयर समाप्त हुनेछ । गोलाप्रथाबाट बाँडफाँड हुने आइपिओमा आवेदन दिएका ५ लाख ४७ हजार आइपीओ पाउनबाट वञ्चित हुने निस्चित छ । 

कम्पनीले असाजे ११ गतेदेखि असोज १४ गते सम्म  ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएर आइपिओ निष्काशन गरेको थियो ।  बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको