Like us!
Follow us!
Connect us!
Watch us!

१५ वटा कम्पनीको ४ करोड ४४ लाख कित्ता आइपिओ पाइपलाइनमा, कुन कम्पनीको कत्ति कित्ता (भिडियोसहित)​

अर्थ संसार

आइतबार, १८ असोज २०७७, ०० : ०० मा प्रकाशित

१५ वटा कम्पनीको ४ करोड ४४ लाख कित्ता आइपिओ पाइपलाइनमा, कुन कम्पनीको कत्ति कित्ता (भिडियोसहित)​

अर्थ संसार, काठमाडौं–   अर्थ संसार, काठमाडौं कुनै पनि पव्लिक कम्पनीले जारी गर्ने साधारण शेयर (आइपिओ) जहिले पनि लगानीकर्ताको रोजाइमा पर्दछ । त्यसैले होला, नयाँ तथा पुराना लगानीकर्ता  आइपिओको बारेमा जानकारी लिन उत्साहित पनि हुन्छन् । आइपिओबाट अधिकांश लगानीकर्ताले राम्रो फाइदा लिएका छन् ।

प्रतिकित्ता १०० रुपैयाँ हालेको शेयर दोस्रो बजारमा कारोबार हुँदा सामान्यत २ सय भन्दा माथि हुने हुँदा लगानीकर्ताको चासो र चर्चाको विषय बन्ने गरेको छ । आज हामीले बजारमा नेपाल धितोपत्र बोर्डमा आइपिओ निश्काशनको लागि आवेदन इिइसकेको  र बोर्डको स्वीकृतिको लागि कुरीरहेका १६ वटा कम्पनीको बारेमा जानकारी दिने प्रयास गरेका छौं । हाम्रो पाठक वर्गले पढ्न र भिडियो दुवै हेर्न सक्नुहुनेछ ।

यतिबेला धितोपत्र बोर्डको पाइपलाइनमा ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७ सय २० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता आइपीओ शेयर  रहेको छ ।

त्यहाँ विभिन्न १६ वटा कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा रहेका छन् । ती मध्ये अधिकांश जलविद्युत समूहका रहेका छन् भने केही इन्स्योरेन्स र केही अन्य कम्पनी पनि रहेका छन् ।

कम्पनीहरूको ५ लाख कित्ता देखी १ करोड ५० लाख कित्ता साधारण  शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेका छन् ।

कुन कम्पनीको कति  कित्ता ?

१. हिमालयन हाइड्रोपावर लिमिटेड

हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कात्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

२.बिन्दवासिनी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेड

बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट  कम्पनी लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माध ०१ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गर्नेछ ।

३. रु रु जलविद्युत परियोजना लिमिटेड

रु रु जलविद्युत परियोजना लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो जसमध्ये ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा स्थायी बासीको लागि हो भने ४ लाख ७ हजार ७ सय ६ कित्ता शयेर प्रतिकित्ता १२० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि हो । कम्पनीले २०७७ साल असार २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

४. डीस मीडीया नेटवर्क लिमिटेड 

डीस मीडीया नेटवर्क लिमिटेडले २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

५.सुभम पावर लिमिटेड

सुभम पावर लिमिटेडडले ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

६ ईर्मजीङ नेपाल लिमिटेड

.ईर्मजीङ नेपाल लिमिटेडले ५ करोड बराबरको ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

७.तेरथुम पावर कम्पनी लिमिटेड

तेरथुम पावर कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

८.चन्द्रागिरी हिल्स लिमिटेड

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ ह्जार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

९. सीबीआईएल क्यापीटल लिमिटेड

सीबीआईएल क्यापीटल लिमिटेडडले ३ करोड बराबरको ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१०. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ करोड ३६ लाख २८ हजार ६ सय बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

११. ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१२.सीङगटी हाइड्रो इर्नजी लिमिटेड

सीङगटी हाइड्रो इर्नजी लिमिटेडले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

१३.मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेड

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले १ अर्व ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

सानिमा जनरल इन्स्योरेन्स 

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर  (आइपिओ) असोज २१ गते बुधबारदेखि बिक्रीका लागि खुल्ला गर्ने भएको छ ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर  (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । आईपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । 
लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

१५.  सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेड

सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेडले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको