Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन २०२० को घोषणा

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १७ : ५७ मा प्रकाशित

ओपोद्वारा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन २०२० को घोषणा

अर्थ संसार, काठमाडौं - ओपोले चाडपर्वलाई लक्षित गर्दै ‘दशैँ र तिहारको अफर’एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई/सीएमईआई/डीसीकोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । 
 
महान चाडहरु बडा दशैँ र तिहारमा उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘दशैँ र तिहारको अफर’एसएमएसक्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले फोनका लागि : ओपो ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि : ओपो ≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । 

यसरी प्राप्त एसएमएसमार्फत हरेक चरणमा ५ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्य पहिलो दूई चरण (अक्टोबर ८ देखि २२) सम्मप्रथम पुरस्कार विजेताले ओपो एफ१७प्रो, द्वितिय पुरस्कार विजेताले ४१एमएम ओपो वाच, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक/एक थानजित्नेछन् । 

त्यसैगरी दास्रो चरण ( नोवेम्बर ७ देखि १४) सम्म अथवा तेस्रो लक्कि ड्र मार्फत प्रथम पुरस्कार विजेताले ओपो एफ१७प्रो, द्वितिय पुरस्कार विजेताले ओपो एफ१७, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक/एक थान जित्नेछन् । विजेताहरुको घोषणा क्रमशः अक्टोबर १७, २३ र नोवेम्बर १५ का दिन ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइ सकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् ।  अक्टोबर ८ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना नोवेम्बर १४, २०२० सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको